|

बैतडी : अगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा निर्वाचनको माहोल तात्दै गएको छ। विभिन्न राजनितिक दलहरुले आफ्ना उम्मेदवारको टुंगो लगाउँदैछन् भने जिल्ला निर्वाचन कार्यालयले पनि तयारी थालेको छ।

निर्वाचन आयोगले बैतडीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत समेत तोकेको छ।  जिल्ला अदालत बैतडीका न्यायधिस ईश्वरीप्रसाद भण्डारीलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको छ। टेकबहादुर थापा र टेकराज जोशी निर्वाचन अधिकृत नियुक्त गरिएको बैतडीका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृत तोकिएका भण्डारीलाई सुर्नया गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको हो। दोगडाकेदार गाउँपालिकामा  टेकबहादुर थापा र पुर्चौडी नगरपालिकामा टेकराज जोशीलाई निर्वाचन अधिकृत तोकिएको हो। 

दोगडाकेदार वडा नम्बर ४, पुर्चाैडी वडा नम्बर ४ र सुर्नया वडा नम्बर १ मा उपनिर्वाचन हुँदैछ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्तसँगै कात्तिक २० मा सम्बन्धित स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र निर्वाचनसम्वन्धी गतिविधिहरु अगाडि बढाइने बताइएको छ। 

यसैबीच उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तीनवटै वडामा उम्मेदवार छनोट गरिसकेको छ भने नेपाली कांग्रेसले दोगडाकेदारमा मात्रै उम्मेदवार सिफारिस गरेको छ। अन्य साना दलले पनि उम्मेदवार छनोटका लागि आन्तरिक तयारी गरिरहेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.