|

जाजरकोट : ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जाजरकोट जुम्ला सडक अन्तर्गत  ढिमे गाविसको दम्दाला चुइक नाउलीमा ट्याक्टर दुर्घटना हुदा बर्दियाका २५ वर्षीय हरि बहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो। 

जाजरकोटको सदरमुकाम खंलगादेखि विद्यालयका विद्यार्थीहरुका लागी दिवा खाजा पौष्टिक आहार लिएर खुर्पाका लागी गएको भे १ त ५७०७ नम्बरको ट्याक्टर बिहिबार बिहान ११ बजे तिर दम्दालाको चुइकमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। जाजरकोट जुम्ला सडक वाट २५ मिटर तल खसेको प्रहरी जनाएको छ।  

दुर्घटनामा परि ट्याक्टर चालक हस्तबहादुर बुढा घाइते छन्। टयाक्टरमा चेपिएर मृत्यु भएका गाडी मालिक हरि बहादुर पुनको शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल जाजरकोटमा आजै ल्याइने जाजरकोटका प्रहरी प्रमुख डिएसपी भावेश रिमाले जानकारी दिए।  घाइते ट्याक्टर चालक बुढाको स्थानीय मेडिकलमा उपचार भइरहेको डिएसपी रिमालले बताए। चिसो मौसमका कारण शितले गर्दा बाटो चिप्लो हुँदा टयाक्टरको टायर चिप्लिएर दुर्घटना भएको डिएसपी  रिमालले बताए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.