|

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा कश्मिर मुद्दाको विषयमा चर्चा नभएको बताइएको छ। शुक्रबार बसेको बैठकमा कश्मीरको मुद्दामा केही पनि आवाज नउठेको बेलायतका स्थायी प्रतिनिधि सुरक्षा परिषदका मौजुदा अध्यक्ष केरन पियर्सले बताएका छन्।

उनले भने,' संसार अहिले फरक ढंगले चलिरहेको छ। जहाँसम्म कश्मीरको विषय छ यो महिनामा कश्मीरको मुद्दाले कुनै स्थान पाउँदैन। ' कश्मीरको विषयमा जति चर्चा हुनुपर्ने थियो पहिले भइसकेको उनले धारणा व्‍यक्त गरे।

बैठकमा कश्मीरको मुद्दालाई सहभागी नगराएको उनले प्रष्ट पारे। 'अगाडिको बैठकमा  कश्मीरको बारेमा आवाज उठिसकेको छ,'उनले भने। बैठकमा कुनै पनि सदस्यले कश्मीरका बारेमा आवाज नउठाको उनले प्रतिक्रिया दिए।

अगस्ट ५ मा भारत सरकारले ३७० अनुच्छेद र  धारा ३५ खारेज गरेको थियो। त्यसयता भारत र पाकिस्तानबीच वाकयुद्ब भइरहेको छ। पाकिस्तानले संयुक्त राष्ट्र संघको महासभा बैठकमा आवाज उठाएको थियो। जसमा चीन र टर्कीले मात्र साथ दिएका थिए।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.