|

सल्यान : मलेसियास्थित नेपाली दुतावासको बेवास्ताका कारण एक नेपालीको शव विगत १२ दिनदेखि  अस्पतालमा अलपत्र परेको छ। 

सल्यान वामे गाउँ विकास समिति वडा ९ काभ्रा निवासी ३४ वर्षिय केशर पुन मगरको मृत्यु भएको १५ दिन पुग्दा समेत मलेसियाबाट शव नेपाल आउन सकेको छैन्। दुतावासकाे वेवास्ताका कारण शव नेपाल ल्याउन समस्या भैरहेको पीडितका आफन्तले बताए। 

मलेसियाको लेसांगार राज्यस्थित पोर्टकेलाङमा कार्यरत पुनको दुई हप्ताअघि हृदयघातका कारण मृत्यु भएको थियो।  मृतक पुन मगर ७ महिनाअघि मात्रै रोजगारीको शिलशिलामा मलेसिया पुगेका थिए।

शव नेपाल आइनपुग्दा धार्मिक संस्कार अनुसार दाहसंस्‍कार गर्न समस्या भएको मृतकका आफन्तले बताए। मृतकको शव यथाशक्य चाँडो नेपाल ल्याउने वातावरण बनाई दिन आफन्तले नेपाल सरकारलाई आग्रह गरेका छन्। घरको एक्लो छोराको परदेशमा मृत्यु भएपछि परिवारसँगै सिंगो गाउँ शोकमा डुबेको छ। मृतक पुन मगरका २ छोरा र १ छोरी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.