खेलकुद

फिफा वरियतामा नेपाल ६ स्थानमाथि, शीर्ष ४३ भित्र कुनै परिवर्तन भएन
SHARES

पुस २८, २०७३

    काठमाडौं : एएफसी सोलिडारिटी कप विजेता नेपालले फिफा वरियतामा राम्रो सुधार गर्दै ६ स्थानले फड्को मारेको छ। डिसेम्बरको वरियतामा १ सय ८१ स्थानमा रहेको नेपाल यस महिनाको वरियतामा १ सय ७५ स्थानमा आइपुगेको छ।

    वरियतामा दक्षिण एशियाली समूहतर्फ भारत १ सय २९ तथा माल्दिभ्स १ सय ४५ स्थानमा छन्। नेपालले वरियतामा लामो समयपछि भूटानलाई उछिनेको छ। भूटान वरियताको १ सय ७६ स्थानमा छ। बंगलादेश, श्रीलंका र पाकिस्तान वरियतामा भूटानभन्दा पछि छन्। वरियताको शीर्ष स्थान ४३ स्थानभित्र यस महिना कुनै परिवर्तन भएको छैन्।

    शीर्ष स्थानमा अर्जेन्टिना कायमै छ। अर्जेन्टिनापछि ब्राजिल,जर्मनी, चिली,बेल्जियम,कोलम्बिया,फ्रान्स,पोर्चुगल, उरुग्वे र स्पेन छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]