|
Photo : Osman Orsal/Reuters

संयुक्त राष्ट्रसंघको महासचिवका रुपमा दुई कार्यकाल पूरा गरी दक्षिण कोरिया फर्किन लागेका बान कि मुन कोरियाको राष्ट्रपति दावेदारको दोस्रो नम्बरमा देखिएका छन्।

मुनको राष्ट्रसंघ प्रमुखका रुपमा दोस्रो ५ वर्षे कार्यकाल २०१७ जनवरीमा सकिएको थियो।

बिहीबार कोरिया पुगेका मुनलाई लिएर गरिएका विभिन्न सर्वेक्षणमा राष्ट्रपति पदको सम्भावित उम्मेदवारका रुपमा देखाइएको सिन्ह्वाले लेखेको छ

यसै हप्ता स्थानीय मत सर्भेक्षण संस्था रियलमिटरले सोमबारदेखि बुधबारसम्म गरेको सर्भेक्षण परिणाम अनुसार मुनलाई २०.३ प्रतिशत मत प्राप्त भएको देखाएको छ।

मत सर्भेक्षणमा १ हजार ५ सय ११ कोरियाली नागरिक सहभागी भएकोमा यहाँको सबैभन्दा ठूलो प्रतिपक्षी दल मिन्जो पार्टीका पूर्व प्रमुखले २७.९ प्रतिशत प्राप्त गरेको सर्भेक्षणमा देखाइएको छ।

मिन्जो पार्टीका पूर्वप्रमुख मन जाईइनलाई एक हप्ता पहिले गरिएको सर्भेक्षणमा भन्दा १.१ पतिशत मत बढी आएको छ।

तेस्रो स्थानमा पनि मिन्जो पार्टीका लि जाई म्युङले ११.३ प्रतिशत मत पाएका छन्। यो उनलाई यस अघि आएको मतभन्दा ०.७ प्रतिशत कमी हो।

गत मंसिरमा दक्षिण कोरियाकी राष्ट्रपति पार्क ग्वेन हे लाई संसदले महाभियोग लगाएर बर्खास्त गरेको थियो। पार्कलाई साथीसँग मिलेर भ्रष्ट्राचार गरेको आरोप लागेको थियो। त्यसपछि जनताले प्रदर्शन गरेका थिए। 

पार्कलाई संसदले बर्खास्त गरेपछि दक्षिण कोरियाको राष्ट्रपति पद रिक्त छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.