'राप्रपाले चियापानमा बोलाएर चक्कु हान्यो'

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई कम्युनिष्ट भन्न नमिल्ने बताएका छन्। काठमाडौंमा एमाले नेता प्रदीप नेपालको पुस्तक विमोचन गर्दै उनले माओवादीलाई कम्युनिष्ट भन्ने हो भने आफू कम्युनिष्ट नभएको बताए। 'माओवादी कम्युनिष्ट हो भने म कम्युनिष्ट होइन' उनले भने 'मैले पहिले पनि भनेको थिएँ। अहिले पनि भन्छु कम्युनिष्ट त देश जनता राष्ट्रका लागि समर्पित हुनुपर्छ।'

अध्यक्ष ओलीले राजनीतिमा लागेको ५२ वर्षसम्म आफूले भ्रष्टाचार र ढाँटछल नगरेको दावी गरे। 'यदि कसैले प्रमाणित गर्छ भने म चुनौती दिन्छु' उनले भने।

अहिले नेपालको राजनीतिमा बिभिन्न खालका शक्तिहरु रहेको बताउँदै उनले राम्रो र नराम्रो छुट्याउन सक्नुपर्ने बताए। 'सबै नेता राम्रा छन् भन्न सकिदैन' उनले भने 'लम्पसारवाद त्यसै भनेको हो र?'

पृथ्वी जयन्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापानमा उक्त पार्टीका नेताहरुले लोकतन्त्र र बहुदलीय व्यवस्थाको आलोचना गरेको भन्दै ओलीले असन्तुष्टी जनाए। 'राष्ट्रिय एकता दिवस भनेर चिया खान बोलाइयो। तर बहुदलीय व्यवस्था लोकतन्त्रको सत्तो सराप गरियो' ओलीले भने 'गेष्ट बनेर बोलाउने चक्कु लिएर छाला काढेको जस्तो गर्ने?' उनले अहिलेको सन्दर्भमा राजतन्त्र चाहियो भन्नु लज्जास्पद कुरा भएको दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.