|

सिन्धुपाल्चोक : सुनकोसी नदीमा बस खसेर भएको दुर्घटनामा मृतकको संख्या १७  पुगेको छ। ४६ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएका ४६ जनालाई काभ्रेको धुलिखेल अस्पतालमा उपचारको लागि ल्याइएको छ। बसका चालक धनबहादुर तामाङलाई पनि खाडीचौर अस्पतालबाट धुलिखेल नै ल्याइएको छ। खाडीचौरमा उपचार गराइराखेका चालक बोल्नसमेत नसक्ने अवस्थामा रहेकाले उनलाई थप उपचारका लागि धुलिखेल ल्याइएको हो ।  घाइतेमध्ये अन्य छजना गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा अझै खोजी तथा उद्धार जारी रहेको डिएसपी माधव काफ्लेले जानकारी दिए। उद्धार कार्य जारी रहेकाले घटनाको विस्तृत विवरण आइनसकेको उनले बताए। दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोसीमा खसेको थियो।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.