|
Photo :thesun.co.uk

एजेन्सी : रोनाल्डो,माइकल ओबेन रोबर्टो कार्लोस। यी तीन खेलाडीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको लामो समय भैसक्यो। तर अझै उनीहरुलाई समर्थकले बिर्सेका छैनन्।

रियल म्याड्रिडबाट कुनै समय एकसाथ खेलेका रोनाल्डोको विषयमा इंलिस स्टार माइकल ओवेनले गरेको जोक अहिले निकै चर्चामा छ। पूर्व ब्राजिली सुपरस्टारको तौलका विषयमा ओवेनले ट्वीटरमा लेखेका छन्,'मैले त्यतिबेलासम्म तौल बढाउनुदैछु भन्‍ने सोचेको थिए। जतिबेलासम्म मेरै पूर्व सहकर्मी रोनाल्डोलाई याद गरेको थिइँन।'

तीन पटकका विश्व वर्ष खेलाडी रोनाल्डोले यस ट्वीटले आफूलाई स्तब्ध बनाएको बताएका छन्। 'मलाई थाहा छैन् मेरो तौल बढ्दा के फरक पर्छ। म यस्तो कुराले स्तब्ध भएँ,' फिफा वर्ष खेलाडीको समारोह पूर्व ब्राजिली स्टारले भनेका छन्। रोनाल्डोले यस्तो जोक गरेपछि ओवेनसँग नबोल्ने घोषणा समेत सार्वजनिक गरे।

रियल म्याड्रिडकै पूर्व ब्राजिली स्टार रोबर्टो कार्लोसले ओवेनको आलोचना गरेका छन्। 'मलाई यस्तो जोक मनपर्दैन। रोनाल्डो मेरा मिल्ने साथी हुन् र हामीले यस्तो कुरामा ख्याल गर्नुपर्छ। रोनाल्डोका विषयमा कुरा गर्दा सवाल उनको शरिरको होइन उनको मनको हो। उनीसँग निकै ठुलो मन छ,' कार्लोसले भनेका छन्।

फोटो : रियल म्याड्रिडका लागि गोल गरेपछि खुसी साट्दै तीन खेलाडी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.