|

गुल्मी : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ग्रामीण स्तरका जनतामा परिवर्तन नआएसम्म विकास सम्भव नहुने बताएका छन्।

ग्रामीण स्तरमा रहेका महिला अब उपचारको अभावमा सुत्केरी हुन सकेनन् र अकालमै मृत्यु भयो भन्ने समाचार सुन्न नपर्ने बताए। गुल्मी जिल्लाको मालिका गाउँपालिका-६ अर्जेलाई आइतबार शून्य 'होम डेलिभरी' र खरका छानामुक्त वडा घोषण गर्दै यस्तो बताएका हुन्।

ग्रामीणस्तरमा अब घरमै महिलाहरू सुत्केरी हुने अवस्थाको अन्त्य भएको भन्दै स्वास्थ्य संस्थादेखि घरसम्म र घरदेखि स्वास्थ्य संस्थासम्म एम्बुलेन्सको व्यवस्था गरी मालिका गाउँपालिकाले राम्रो कामको सुरुवात गरेको भन्दै प्रशंसा गरे। ग्रामीण स्तरका जनतामा परिवर्तन ल्याउनका लागि कृषि, पशुपालनमार्फत युवालाई स्वरोजगार बनाउन सकिने भन्दै प्रधानमन्त्री  स्वरोजगार कार्यक्रमले  स्थानीय स्तरका जनतामा धेरै परिवर्तन आएको दाबी गरे।

यस्तै, अर्को एक प्रसंगमा मन्त्री विष्टले अब उपचारका लागि ग्रामीण स्तरका जनता तम्घास, पाल्पा, बुटवल जान पर्ने अवस्थाको अन्त्य गर्नका नेपाल सरकार लागेको भन्दै उपचारका लागि स्थानीय स्तरमै सुविधायुक्त अस्पतालको व्यवस्था गरेरै छाड्ने दाबी गरे।

यस्तै, मन्त्री विष्टले चुनावका बेला गरेका प्रतिबद्धताहरू अक्षरसह पूरा गरेरै छाड्ने बताए। उनले गुल्मी जिल्लालाई खरका छानामुक्त घोषण गर्ने कार्यक्रम अगाडि बढेको भन्दै केही वर्षभित्रैमा गुल्मी जिल्ला खरका छाना भएका घरहरू नहुने दाबी पनि गरे।  

मन्त्री विष्टले ग्रामीण स्तरका बाटोहरूलाई अब स्तरउन्नति गर्नुपर्ने भएकाले त्यसका  लागि पनि आफूले पहल गरिरहेको बताए। अब नयाँ मोटरबाटाहरू खन्नुपर्ने अवस्था नभएको भन्दै भएका बाटालाई स्तरउन्नति गर्नुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.