|
फाइल तस्विर

बाजुरा : बाजुरामा साइकलबाट खसेर एकजनाको मृत्यु भएको छ। सिक्नका लागि चलाइरहेको साइकल बूढीगंगा नगरपालिका ६ स्थित साँफे मार्तडी सडकखण्डमा पर्ने पहिरोमा खस्दा अछाम साँफेबगर नगरपालिका ६का १४ वर्षीय अनिल सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

साइकलसँगै करिब १ सय मिटर तल खसेका सुनारको टाउँकोमा गम्भीर चोट लागेको थियो। घाइते सुनारको बार्जुगाढ प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो। उनको उपचारका क्रममा ३ बजे बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.