|

काठमाडौं : आफूलाई प्रहरी हुँ भन्दै ठगी गर्ने एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। आफू अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी भन्दै ठगी गर्ने सिन्धुपाल्चोक सिन्धुकोटका २६ वर्षीय गोपीकृष्ण खतिवडालाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो।

खतिवडाले राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भनी एक लाख ५० हजार रुपैयाँ विनोदराज घिमिरेलाई ठगी गरेका थिए। उनले आफूलाई प्रहरी हो भनी अन्य छ जना महिलालाई पनि ठगी गरेको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी  दिए। 

‘लामो समयदेखि प्रहरी हुँ भनी ठगी गर्दै आएका रहेछन्’, उनले भने– ‘विशेषगरी उनले महिलाहरुलाई प्रलोभनमा पारेर ठगी गर्दै आएको अनुसन्धानमा खुलेको छ।उनलाई ठगी मुद्दा अन्तर्गत कारवाहीको प्रक्रिया अघि बढाइसकिएको पनि उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.