|

ओखलढुङ्गा : ओखलढुङ्गाको पोकली झरनामा पर्यटक भित्र्याउन सुरु गरेको छ। नेपा पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा पोकलीमा सांस्कृतिक महोत्सवको आयोजना गरी पर्यटक भित्र्याउन थालिएको हो।

देशकै दोस्रो अग्लो झरनाका रुपमा रहको पोकली झरनाको प्रवर्द्धनका लागि विभिन्न पूर्वाधर निर्माण गरिएको र मेला तथा महोत्सव गरी २० हजार पर्यटक भित्र्याउने लक्ष्यका लागिपरेको पोकली झरना सेवा समाजका अध्यक्ष मिलनकुमार विष्टले बताए। उनले पर्यटकहरुको  सुविधाका  लागि स्थानीयहरुका घरलाई होमस्टेमा परिणत गर्न  लागेको बताए। 

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणा अनुसार पोकली झरनामा २० हजार पर्यटक पुर्‍याउने योजना स्थानीयले तयार गरेका छन्। जसका लागि महोत्सवसहितका औपचारिक कार्यक्रम गरी झरना र पोकली क्षेत्रको विशेषतासहितको बृतचित्र बनाएर प्रचारप्रसार तयारीमा रहको पोकली झरना सेवा समाजका अध्यक्ष बिष्टले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.