|

जुम्ला :  विदेशी मुद्रा ओसार परारको कसुरमा फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले प्रकाउ गरेको छ।

चार वर्षदेखि फरार रहेका सोनाम तामाङलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले शुक्रबार पक्राउ गरेको हो।  जिल्ला अदालत सुर्खेतको  २०७०/ २ /२२ गतेको आदेश अनुसार  ३० लाख ५० हजार  २ सय ४४ रुपैयाका जरिवानाका  फरार अभियुक्त चन्दनाथ नगरपालिका ५ कालीखोलीमा  लुकीछिपी बसेको सूचनाका अधारमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक  लालबहादुर धामीले बताए।

उनकाअनुसार  चिनियाँ मुद्रा ओसारपोसार गरेको कसुरमा  मुगुको मुगुम कार्मारोङ गाउपालिका ४ का ५० वर्षीय  सोनाम तामाङलाई  २०७२ साल वैशाख ७ गते तत्कालिन पुनरावेदन अदालत सुर्खेतले अवैध विदशी मुद्राको व्यापार गरेको कसुरमा दोषी ठहर गरेको थियो।  उनी  विगत्त चार वर्ष देखि फरार रहेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.