|

काठमाडौं : गत पुस २० गते लाजिम्पाटस्थित होटल र्‍याडिसनको हेल्थ क्लबबाट हराएको घडी फेला परेपछि घडी धनी प्रबलमानसिंह गुरुङले सांसद रामहरि खतिवडाको आत्मसम्मान र सामाजिक प्रतिष्ठामा परेको चोटप्रति दुख व्यक्त गरेका छन्।

उनले बिहीबार विज्ञप्ति जारी गर्दै गुरुङले घडी हराएका विषयमा सञ्चार माध्यममा अफवाह फैलिएको भन्दै त्यसमा सांसद रामहरि खतवडाको दोष नरहेको उल्लेख गरेका छन्।  

विज्ञप्तिमा भनिएको छ– 'घडी हराएको प्रंसगमा माननीय रामहरी खतिवडाज्यूको नाम जोडिएकामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यसबाट पर्न गएको भ्रम कसैमा नरहोस्। साथै माननीय खतिवडाज्यूको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटप्रति दुख व्यक्त गर्दै सकारात्मक सहयोगका लागि अनुरोध गर्दछु।' 

गुरुङका अनुसार घडी हराएको विषय जानकारी गराएर उनी भोलिपल्टै कामको सिलसिलामा मुम्बई गएका थिए। यसबीचमा सांसद खतिवडाले आफ्नो ट्र्याकसुटको गोजीमा घडी परेको कुरा प्रबलका साथी सिमान्तलाई गराएका थिए। 

पूर्व प्रधान सेनापति छत्रमान सिहं गुरुङका छोरा प्रबललाई उक्त घडी उनका ससुरा तथा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले दिएका थिए। मिनबहादुरले सम्धी भेटका क्रममा छत्रमानसिंह गुरुङलाई दिएको उक्त घडी प्रबलले लगाउँदै आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.