|

एजेन्सी : अत्यधिक वायु प्रदूषणका कारण भिजिबिलिटी नभएपछि भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरणका लागि आएका ३२ वटा जहाज डाइभर्ट गरिएको छ। 

एक सातादेखि अत्यधिक वायु प्रदूषणको मारमा परेको दिल्लीका लागि आएका ३२ उडान जयपुर, लखनऊ र अमृतसरमा डाइभर्ट गरिएको हो। 

पञ्जावको चण्डीगढबाट दिल्ली आउन तयार यात्रुहरुले सोमबार तीन घण्टा बढी कुर्नुपरेको थियो। समयमा उड्न नपाएका केही यात्रुको रकमसमेत एयरलाइन्सहरुले फिर्ता गर्नु परेको छ। 

दिल्लीमा वायु प्रदूषणले भिजिबिलिटी शून्य हुँदा यो रुटमा आउने कयौँ यात्रुले टिकट रद्द गरेका छन्। यात्रुले टिकट रद्द गर्दा ३० देखि ४० प्रतिशत मात्रै जहाजका सिट भरिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

दिल्ली वायु प्रदूषणको चपेटामा परेपछि सबै विद्यालय बन्द गरिएको छ। मानिसहरुलाई घरमै रहन भनिएको छ। त्यसैगरी दिल्लीमा भइरहेका निर्माणका काम र वायुमा धुवाँ बढाउने कुनै पनि गतिविधिमा प्रतिबन्ध लगाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.