|
फाइल फोटो

सिन्धुपालाञ्चोक : बनेपाको ठकुरी गाउँमा प्रहरी र स्थानीयबीच झडप भएको छ। झडप हुँदा प्रहरीसहित ८ जना घाइते भएको बताइएको छ। बनेपा ९ मा प्रहरी र स्थानीयबीच झडप भएको हो।

फोहोर जलाउने मेसिन राख्नका लागि ठाउँ सम्याउने क्रममा झडप भएको प्रहरीले बतायो। नेपाल प्रहरी २५ र सशस्त्र प्रहरी ४० सहित एक वटा ब्याकहो लोडर जबरजस्ती लैजान खोजेपछि स्थानीय प्रतिरोधमा उत्रिएका थिए।

स्थानीय प्रतिरोधमा उत्रिएपछि दोहोरो झडप भएको हो। झडपमा स्थानीय ५ र प्रहरी ३ जना घाइते भएका छन्। झडपमा प्रहरीले ९ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ। झडपमा घाइतेको टाउकोमा चोट लागेको बनेपा नगरपालिकाका प्रमुख मेयर लक्ष्मी नरसिंह बादेले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.