|

इरानले दैनिक ५ किलोग्राम उच्च गुणस्तरको प्रशोधित युरेनियम उत्पादन गरिरहेको सोमबार घोषणा गरेको छ।

दुई महिनाअघिको भन्दा यो १० गुणा बढी उत्पादन भएको इरानले जनाएको छ। सन् २०१५ को आणविक सम्झौताबाट संयुक्त राज्य अमेरिका बाहिरिएपछि इरानले आणविक प्रयोजनका लागि सुधारिएको युरेनियम उत्पादनलाई तीब्र बनाएको छ।

इरानले दुई वटा नयाँ अत्याधुनिक सेन्ट्रिफ्युज पनि विकास गरेको जनाएको छ। तीमध्ये एउटाको परीक्षण भइरहेको छ। इरानका आणविक ऊर्जा संस्थाका प्रमुख अलि अकबरले मध्य इरानको नतान्ज केन्द्रबाट युरेनियमसँग सम्बन्धित कार्यहरु तीब्र गतिमा भइरहेको जानकारी दिए।

इरानी आणविक कार्यक्रमप्रति असहमति जनाएको अमेरिकी ट्रम्प प्रशासनले इरानविरुद्ध हाल कडा आर्थिक तथा राजनीतिक प्रतिबन्ध लगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.