|

काभ्रेपलाञ्चोक : नमोबुद्ध नगरपालिका–८ डराउने पोखरी तल्लो हटियामा एक दम्पती मृत फेला परेको छ।

चिया पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकु श्रेष्ठ मृत फेला परेको एसपी जयराज सापकोटाले जनाकारी दिए। क्षतविक्षत शव सिरकले छोपेको अवस्थामा भेटिएको प्रहरी चौकी श्यामपाटीका इन्चार्ज प्रहरी सहायक निरीक्षक केशव दर्जीले बताए। घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो छरिएको अवस्थामा भेटिएको छ। 

घरमा नै चियापसल सञ्चालन गर्दै आएका दम्पतीले घरेलु मदिरा समेत बिक्री गर्दै आएका थिए। छिमेकीका अनुसार राति ८ बजे खाना खाएर सुत्न गएका थिए। पसलमा मदिरा सेवन गर्न अबेर आएकाहरुले विवाद हुँदा हत्या गरेको प्रहरीको आशंका छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.