|

जनकपुरधाम : मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तालाबन्दी गर्न खोज्ने ४३ पूर्वअस्थायी शिक्षक पक्राउ परेका छन्। अस्थायी शिक्षक संघर्ष समितिका धर्मेन्द्र यादवसहितका ४३ शिक्षक पक्राउ परेका हुन् । 

कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाउन खोज्दा ४३ जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 

पक्राउ पर्नेमा १३ महिला अस्थायी शिक्षक रहेको पनि उनले बताए । सेवाबाट हटाउने निर्णय फिर्ताको माग कार्यान्वयनका लागि संघीय सरकारसँग पहल नगरेको भन्दै उनीहरुले मुख्यमन्त्री कार्यालयमा ताला लगाउने प्रयास गरेका थिए ।

पक्राउ गरेपछि शिक्षकहरुले प्रहरी प्रशासनविरूद्ध नाराबाजी गरेका छन् । उनीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्ना बसेका छन् । सरकारले षड्यन्त्रपूर्वक शिक्षक सेवा आयोग दिन लगाएर अयोग्य बनाएको आरोप अस्थायी शिक्षकहरुको छ।

विगतका सम्झौतालाई लत्याएर नयाँ विधेयक लागु गरेको पनि आन्दोलनरत शिक्षकहरू बताउँछन् । उनीहरु असार २० गतेदेखि साउन २० गतेसम्म मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्ना बसेका थिए । उनीहरुले सोमबार एक घण्टा सडक अबरुद्ध पारेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.