बैठक स्थगित भएपछि पुगेकी सांसदको पनि हाजिर

|

काठमाडौं : कोरम पुग्‍ने गरी सांसदहरु उपस्थित नभएपछि संघीय संसद अर्थ समितिको बैठक पनि स्थगित भएको छ। 

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको अर्थमसतिको बैठकमा १२ बजेर ४५ मिनेटसम्म पनि कोरम पुग्ने गरी सांसदहरु उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो। 

यसअघि संसदको राज्य व्यवस्था समितिमा पनि कोरम पुग्ने गरी सांसदहरु नआएपछि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित फर्किएका थिए। 

बैठकमा कोरम नपुगेपछि सांसद प्रमिला राई र मोतीलाल दुगडले आफूहरुको रेकर्ड रहने नरहनेबारे चासो राखेका थिए। ‘हाम्रो रेकर्ड चाहिँ कहीँ रहन्छ कि रहँदैन?’, उनीहरुले सोधे, ‘हामी त आएका छौँ, बैठक हाम्रो कारणले स्थगित भएको होइन।’

त्यसपछि उनीहरुको जवाफमा नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले तनाव नलिन आग्रह गरे। 

‘सोधिहाल्नु भयो, भत्ताकै चासो लिुन भएको हो’, उनले भने, ‘सामान्यतः दुई किसिमको भत्ता दिइन्छ। एउटा ट्याक्सी भाडा र बैठकमा बसेको भत्ता, यो तपाईंहरुले पाउनुहुन्छ चिन्ता नलिनुस्।’ 

कूल २७ जना सांसद सदस्य रहेको अर्थ समितिको आज बस्ने भनिएको बैठकमा ९ जना मात्रै उपस्थित थिए ।

अन्तिममा हाजिर

११ बजे डाकिएको बैठकमा सांसद जुली महतो १२ बजेर ४५ मिनेट पछाडि पुगेकी थिइन्। कोरम नपुगेपछि बैठक स्थगित गरिसक्दा महतो पुगेकी थिइन्। 

महतोले बैठक स्थगित भएसकेपपछि पनि हाजिर गरेर निस्किइन्। आजको बैठकमा नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने एजेण्डा थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.