|

इलाम : इरौटार गाविस वडा नम्बर सातका डम्बबहादुर दाहालको दुबई उडेको ३ दिनमै मृत्यु भएपछि परिवारमा सन्नाटा छाएको छ। १५ गते घरबाट काठमाडौं हिडेका दाहालको पुस २३ गते दुबईमा मृत्यु भएको थियो।

काठमाडौंबाट पुस २० गते दुबई उडेका दाहालको २३ गते शनिबार मृत्यु भएको जानकारी मेनपावर कम्पनीका खड्ग गौलीले परिवारलाई गराएको डम्बरका दाजु तारा दाहालले बताए।

डम्बरको घरमा श्रीमती, १ छोरा र १ छोरी छन्। दाहालको शव मेनपावर कम्पनीले राजधानी ल्याइदिने भनेपछि उनको शव बुझ्न दाजु तारासहित छिमेकीहरु चेतन भण्डारी, लिला राई लगायत काठमाडौं हिडेंका छन्। उनको मृत्युको विषय अझै रहस्यमै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.