|

धनगढी : मनाङ मर्स्याङदी क्लब धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकप २०७३ को फाइनलमा पुगेको छ। बिहीबार धनगढी रंगशालामा भएको खेलमा भारतको दिल्ली युनाइटेडलाई हराएर मनाङ फाइनल पुगेको हो।

मनाङले दिल्लीलाई ३–१ गोल अन्तरले हरायो। खेलको सुरुवाती दोस्रो मिनेटमै थोपीले गोल गरेर दिल्लीलाई अग्रता दिलाएका थिए। तर त्यसको ५ मिनेटपछि कप्तान अनिल गुरुङले गोल गर्दै मनाङलाई बराबरीमा फर्काए। खेलको ४४ औं मिनेटमा अफ्रिकी खेलाडीले ओलावाले आफिजले मनाङलाई २-१ को अग्रता दिलाए।

दोस्रो हाफमा खेलमा फर्कन थुप्रै प्रयास गरेको दिल्ली सफल हुन सकेन। ८९ मिनेटमा कप्तान अनिलले व्यक्तिगत दोस्रो गोल गरेपछि मनाङ ३-१ ले विजयी भयो। गोल्डकपअन्तर्गत शुक्रबार दोस्रो सेमिफाइनलमा सुदुरपश्चिम ११ र काठमाडौंको संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल माघ १ गते हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.