|

पाहुना टोली पाकिस्तानविरुद्धको तीन खेलको टी-२० सिरिजको दोस्रो खेलमा अस्ट्रेलिया सहज जित निकाल्दै तीन खेलको सिरिजमा १-० को अग्रता बनाउन सफल भएको छ।

मंगलबार क्यानबेरामा भएको खेलमा अष्ट्रेलियालाई पाकिस्तानले ७ विकेटले पराजित गर्दे पहिलो जित निकाल्यो। यसअघिको पहिलो खेल वर्षाले प्रभावित हुँदा नतिजाविहीन भएको थियो। पाकिस्तानले दिएको १ सय ५१ रनको लक्ष्य अष्ट्रेलियाले १८.३ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो।

अष्ट्रेलियाको जितमा स्टिव स्मिथले अविजित ८० रनको सानदार इनिङ खेले। उनले ५१ बलमा ११ चौका र १ छक्का प्रहार गरेका थिए। स्मिथको इनिङमा अस्ट्रेलियाले ९ बल अगावै लक्ष्य पूरा गर्न सफल भयो। त्यस्तै उसका लागि डेर्मोटले २१ तथा डेभिड वार्नरले २० रन जोडेका थिए।

पाकिस्तानका मोहमद इरफान, इमाद वासिम र मोहमद आमिरले समान १-१ विकेट हात पारे। यसअघि टस टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो। उसका इफ्तिकार अहमद र कप्तान बाबर आजमले अर्धशतकीय इनिङ खेलेका थिए।

अहमदले ३४ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ६२ रनको नटआउट इनिङ खेले। त्यस्तै बाबरले ३८ बलमा ५० रन बनाउँदा रन आउट भएका थिए। मोहमद रिजवानले १४ तथा इमादले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन नसक्दा पाहुना टोली मध्यम स्कोरमा अड्कियो।

अष्ट्रेलियाका अस्टन अगरले २ तथा केन रिचार्डसन र पाट कमिन्सले समान १-१ विकेट हात पारे। यी दुई बीच अब अन्तिम खेलले सिरिजको तय हुने छ।

अन्तिम टी-२० शुक्रबार हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.