काठमाडौं : पर्सा प्रहरीले बालक अपहरणकारीलाई गोली हानेर पक्राउ गरेको छ।
दशदिनअघि अपरणमा परेका बालकको उद्दार गर्ने क्रममा प्रहरीले गोली हानेर अपहरणकारीलाई पक्राउ गरेको हो। अपहरणमा परेका बालकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले कहाँबाट पक्राउ गरेको भने खुलाएको छैन्। आज बिहान १० बजे पत्रकार सम्मेलन गरेर सबैकुराको जानकारी दिने बताएको छ। अपहरणकारीबाट एउटा कटुवा पेस्तोल पनि बरामद गरिएको जनाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।