|

अफगानिस्ताको दक्षिणी प्रान्त हेलमान्डको गर्मसिर जिल्लामा बिहीबार तालिवान लडाकुको बासस्थानमा विमानबाट गरिएको बमबारीमा १२ को मृत्यु भएको छ।

मारिएका लडाकु मध्ये तालिवानका प्रमुख कमाण्डर मवलावी अटिक्युल्लासहित १२ जना रहेको प्रान्तीय सरकारद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ।

बमबारी भएको अवस्थामा लडाकु सरकारसँग सम्बन्धित क्षेत्रमा आक्रमण गर्ने तयारीमा रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

हेलमाण्ड प्रान्तमा सरकारी सेनासँग दुई वर्षयता रक्तपातपूर्ण सङ्घर्ष गरिरहेका तालिवानी लडाकुले भने हवाई हमलामा परि कमान्डर मारिएको बारे कुनै प्रतिकृया दिएका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.