|

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियार आज जनकपुर आइपुगेका छन्। आज विहान १० बजेर २५ मिनेटमा मा वुद्ध एयरबाट जनकपुर आइपुगेका हुन्।

प्रमुख परियारलाई समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउत र नेकपाका नेता तथा कार्यकर्ता स्वागत गरेका छन्। उप्रधानमन्त्री यादवले प्रमुख परियारलाई भने, ‘स्वागत छ मिथिला नगरीमा।’

हिजो जनकपुर आएका उपप्रधानमन्त्री यादव काठमाडाैं जान लागेका बेला एयरपोर्टको भिआइपी कक्षमा भेट हुँदा प्रमुख परियारलाई स्वागत गरे। तर प्रदेश प्रमुखको नियुक्तिबाट उपप्रधानमन्त्री यादवले असन्तुष्टी पोखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.