|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङ जिल्लाको प्रमुख सडक दशरथचन्द राजमार्गमा रहेका मोडको सुधार गरिएको छ।

आफैँमा साँघुरो रहेको सडकमा मोड हुँदा यातायात संचालनमा समस्यासँगै दुर्घटनाको जोखिम रहेको थियो। मोड सुधार गरिएपछि यातायातका सवारी साधान संचालनमा सहज भएको छ।

दशरथ चन्द राजमार्गअन्तर्गत डडेल्धुराको खस्रेखानदेखि बैतडीको सतबाझसम्मको सडकमा मोड सुधार गरिएको छ। दशरथ चन्द राजमार्ग आफैँमा साघुरो र उसैमा घुम्तीका कारणविपरीत दिशाबाट आउने यातायातका सवारी साधन सहजरूपमा नदेखिँदा यातायात संचालनमा निकै समस्याका साथै दुर्घटनाको जोखिम उच्च हुन थालेपछि मोड सुधार गरिएको हो।

मोड सुधारसँगै यस सडकमा यातायात संचालनका लागि सहज भएको छ। मोड सुधार भएपछि विपरीत दिशाबाट आउने यातायातका सवारी साधन देखिनुका साथै मोडमा दुईतर्फी यातायात सहज संचालनका लागि सहज भएको चालकहरूको भनाइ छ।

मोड फराकिला बनाइएपछि गाडी चलाउन सजिलो

‘साँघुरो सडक। उकालो ओरालोमा साघुरा मोडले यातायातका सावरी साघन सञ्चालनमा निकै कठिनाइ हुन्थ्यो। अहिले केही हदसम्म मोड फराकिला बनाइएपछि गाडी चलाउन सजिलो भएको छ’ ट्रक चालक कृष्ण कैनीले भने, ‘यी मोडहरुमा गाडी एक आपसमा पहिले कति ठोकिए ठोकिए। साघुरो, ओरालो उकालो सडक हर्न बजाउँदा बजाउँदै एक अर्कालाई भेटाइहाल्छन्। समस्या थियो।’

अहिले फारककिलो बनाउँदा मजाले देखिने सडक भएको छ। यसले चालकलाई त सजिलो भयो नै। गाडी मालिक, व्यपारी साहु र यात्रु लाई पनि दुर्घटनाले हुने क्षतिको जोखिम कम भएको छ।

साघुरो सडक र मोड हुँदा लोड ट्रक अगाडि लागे एम्बुलेन्सलाई समेत साइड दिने ठाउँ थिएन। एम्बुलेन्स चालक दीपक जोशीले भने, 'अहिले मोड सुधार गरिएपछि अलिकति मोड तलमाथि पनि सडक चौडा भएको छ। साइड लिन, दिनका साथै ओभेर टेक गर्न पनि सहज भएको छ।'

केही वर्ष यतादेखि दशरथद चन्द राजमार्गमा यातायातका सवारी साधनको चाप बढेपछि दुर्घटनाको जोखिमलाई कम गर्ने उद्देश्यले यस सडकमा मोड सुधार गरिएको सडक डिभिजन कार्यालय कुलपाते डोटीका निमित्त प्रमुख वलीराज मल्लले बताए।

यस सडकमा भएका घुम्तीका कारण दुईतर्फी यातायात सहज रूपमा संचालन हुन सकेको थिएन। यस सडकमा सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ र दार्चुला जिल्ला जाने र अन्य जिल्ला डडेल्धुरा, डोटी, अछाम, बाजुरा लगायत तराईका दुई जिल्ला कैलाली, कञ्चनपुर आउने यातायातका सयौँ सवारी साधन दैनिक रुपमा ओहोरदोहोर गर्ने गरेका छन्।

डडेल्धुराको खस्रेखानदेखि अनारखोली बजारसम्म सडक डिभिजन कार्यालय कुलपाते, डोटीले मोडर सुधार गरेको हो। भने अनारखोली बजारदेखि बैतडीको सतबाझसम्म सडक डिभिजन कार्यालय पाटन बैतडीले मोड सुधार गरेको हो। तर, मोड सुधार गरेको स्थानमा नाली निर्माण नगर्दा वर्षातको पानीले कालो पत्रे सडकमा भने क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.