तीन महिनै बसेनन् प्रशासकीय अधिकृत

|

गुल्मी : देश संघीयतामा गइसकेपश्चात् सिंह दरबारको अधिकार गाउँगाउँसम्म जानेगरी स्थानीय तहहरू गठन भए। जसअनुसार कर्मचारी व्‍यवस्थापन गर्न समस्या भए पनि स्थानीय तहको कार्य सञ्‍चालनका लागि  कार्यकारी अधिकारसहित एकजना कार्यकारी अधिकृत पत्येक स्थानीय तहमा खटिए।

गुल्मी जिल्लाका २ वटा नगरपालिका र १० वटा गाउँपालिकामा खटेका प्रमुख प्रशासकीय अधिकृत  कुनै स्थानीय तहमा तीन महिनासम्म पनि टिक्न सकेनन्। सबैभन्दा धेरै धुर्कोट गाउँपालिकामा पाँचजना प्रमुख प्रशासकीय अधिकृतहरु आउने र जाने क्रम चलिरहेको छ।  कतिपय स्थानीय तहमा जननिर्वाचित प्रमुख र कर्मचारीको प्रमुखबीच हुने आपसी झगडा, राजनीतिक आस्था र कर्मचारी र जनप्रतिनिधि बीचको अहमताका कारण सरुवा हुने गरेको पाइएको छ।

एकजना कर्मचारी २ वर्षसम्म रहन सक्ने प्रावधान भए पनि तीन/तीन महिनामै कर्मचारी सरुवा हुने प्रचलन अझै पनि हट्न सकेन।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता  भुपाल बरालका अनुसार स्थानीय तहमा निर्वाचित अध्यक्ष वा मेयरसँग व्‍यक्तिगत स्वार्थहरू बाझिँदा र केही आपसी विवाद आएका कारण सँगै राजनीतिक पहुँचका आधारमा  गुल्मीमा मात्र नभई देशभर नै यस्तो समस्या आएका बताएका छन्।

कुन स्थानीय तहमा को कति टिके?

रेसुंगा नगरपालिका

१, बाबुराम पल्ली २०७१ जेठ १ गते देखि २०७३,चैत्र ८ गतेसम्म

२, रमेश गौतम २०७३ चैत्र ९ गते देखि २०७४ असोज १६ गतेसम्म

३, मुक्तिराम अर्याल २०७४ असोज १७ गतेदेखि २०७५ भदौ ३१ गतेसम्म

४, भक्तिराम मरासिनी २०७५ भदौ ११ गतेदेखि हालसम्म

मसिकोट नगरपालिका

१, घनश्याम न्यौपाने २०७३ चैत्र १० देखि २०७५ कात्तिक २० गतेसम्म

२ नबराज भण्डारी २०७५ कात्तिक २१ गतेदेखि हालसम्म

धुर्कोट गाउँपालिका

१, होमनाथ काफ्ले २०७३ चैत्र १० देखि २०७४ असोजसम्म

२ टोलाल भुसाल २०७४ कात्तिकदेखि पुस अन्तिम हप्तासम्म

३ लोकहरि थापा २०७४ माघ देखि २०७५ कात्तिक अन्तिम हप्तासम्म

४ मधु घिमिरे २०७५ मंसिरदेखि फागुनसम्म

५ काशीराम पन्थी २०७५ चैतदेखि हालसम्म रहेका र पूरै मितिसहितको डाटा उपलब्ध हुन नसकेको सूचना अधिकारी ईश्वरी भण्डारीले जानकारी दिए।

मालिका गाउँपालिका

१ रिसीराम पन्थी २०७३ चैत्र १० देखि २०७४ असोज २० गतेसम्म

२ लेखनाथ पोखरेल २०७४ असोज ३० देखि २०७५ चैत १७ सम्म

३ गोविन्द भट्टराई २०७५ चैत्र १७ देखि २०७६ जेठ ३१ सम्म

४ दीपक भण्डारी २०७६ असार ४ देखि हालसम्म

इश्मा गाउँपालिका

१ सरोज पोखरेल २०७३ चैत्र १० देखि २०७५ भाद्र १२ गतेसम्म

२ चन्द्रकान्त  बस्नेत २०७५ भदौ १३ देखि हालसम्म

छत्रकोट गाउँपालिका

१ ज्ञानुराम पन्थी २०७३ चैत्र १० देखि २०७५ कात्तिक १८ सम्म

२ मधुकृष्ण पौडेल २०७५ कात्तिक १९ देखि २०७६ कात्तिक १५ सम्म

३ भेषराज पन्थ २०७६ कात्तिक १७ देखि आजसम्म

गुल्मी दरबार गाउँपालिका

१ हरिमाया पौडेल २०७३ चैत्र ९ देखि २०७६ फागुन १६ सम्म

२ रामप्रसाद शर्मा २०७३ चैत १२ देखि २०७५ चैत्र १० सम्म

रुरु क्षेत्र गाउँपालिका

१ शरला पौडेल २०७३ चैत्र १० देखि २०७५ भदौ २२ सम्म

२ चेतनाथ गिरी २०७५ भदौ २५ देखि हालसम्म

सत्यवती गाउँपालिका

१ विष्णुप्रसाद आर्चाय २०७३ चैत्र १० देखि २०७४ भदौ २२ सम्म

२ ऋषि पन्थी २०७४ असोज २३ देखि फागुन १३ सम्म

३ यादव भण्डारी २०७४ चैत्र २९ देखि हालसम्म यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिका, मदाने गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा भने क्रमश बाबुराम पल्ली, शुरेश भण्डारी र कृष्ण भण्डारी भने २०७३ चैत १० देखि हालसम्म कार्यरत रहेको पाइएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.