|
फाइल तस्विर

बर्दिया : हुलाकी सडकमा रहेको घर भत्काउने क्रममा भित्ताले च्यापिएर घरधनीको ज्यान गएको छ। बर्दियाको गुलरिया नगरपालिकामा निर्माणाधीन हुलाकी सडकमा रहेको घर भत्काउने क्रममा भित्ताले च्यापिएर घरधनीको ज्यान गएको हो।

गुलरिया नगरपालिका ५ बजार क्षेत्रको हुलाकी सडक किनारमा रहेको दुर्गा गेष्ट हाउसका सञ्चालक घरधनी ६० वर्षीय भवीप्रसाद पौडेलको घरको भित्ता ढलेपछि भित्ताले च्यापिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए। उनका अनुसार घरको दोस्रो तलाको भित्ता अचानक ढल्दा धरधनी पौडेलसहित तीनजना च्यापिएका थिए।

घरको भित्ता ढल्दा घरधनीको ज्यान गएको र घाइते भएका अन्य दुईजना कामदार मनक्रम थारू र नवराज चौधरीलाई उद्धार गरिएको वलीले बताए। घाइते भएका दुवैलाई उपचारका लागि नेपालगञ्ज लगिएको वलीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.