|

धनगढी : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठनहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्सामा राखेको विरोधमा नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले बुधबार राजधानीमा प्रदर्शन गरेको छ। 

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि अनेरास्ववियु र राष्ट्रिय युवा संघले प्रदर्शन गरेको हो। सुदूरपश्चिम प्रदेशको भूभाग भारतले मिच्दासमेत मौन रहेको भन्दै बिद्यार्थि संगठनले आवाज उठाएको हो।

उनीहरूले पार्टी कार्यालयले मुख्यमन्त्री कार्यालय सम्म र्‍यालीसमेत गरेका थिए। त्यसक्रममा उनीहरूले ’गो ब्याक इन्डिया’, भारतीय विस्तारवाद मुर्दाबाद, सीमा अतिक्रमण बन्द गर, नेपाली भूमि मिच्न पाइँदैन जस्ता नारा लगाएका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.