|

जनकपुरधाम : प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले लैंगिक हिंसा विस्तारै घट्दै गएको बताएका छन्।

लैंगिक हिंसा अन्त्यका लागि पुरुष सहभागिता तथा बाल संरक्षणमा स्थानीय तहको नीति तथा कार्यक्रम सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागेको बताए। उनले महिलाकै लागि पुरुष पनि गोरुजस्तो काम गरेर जीवन दिने गरेको बताए।

मन्त्री साहले हसुली र कानमा लगाउने झुम्का लगाएर पुरुष हिँड्दैन भन्दै महिलाकै लागि जम्मा गर्ने गरेको बताए। उनले मालपोतमा रजिस्ट्रेशन गराउँदा पुरुषलाई १ हजार लाग्ने ठाउँमा महिलालाई मात्र ६ सय रुपैयाँ लाग्ने गरेको समेत बताए। वास्तवमा जमानादेखि पितृसतात्मक सोचका कारण पुरुषले बढी अधिकार पाएको भन्दै अब अधिकार विस्तारै ट्रान्सफर भइरहेको बताए।

अन्तरक्रियामा स्थानीय तहका उपमेयर र बाल क्लवका प्रतिनिधिको सहभागिता रहेको थियो। उनीहरूले प्रदेश सरकारले बेटी बचाउ, बेटी पढाउ अभियानअन्तर्गत छात्रालाई वितरण गरिरहेको साइकलको दुरुपयोग भइरहेको गुनासो गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.