|

सुर्खेत : ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले आगामी ३ वर्षमा नेपाल पूर्णरूपमा विद्युतीकरण हुने बताएका छन्। उनले सल्यानको विद्युतीकरणको लागि गत वर्ष १८ करोड विनियोजन गरेको र अब नेपाल भरी पूर्णरूपमा विद्युतीकारण गर्नेको लागि एसियान इन्भेस्टमेन्ट डेभलपमेन्ट बैक १२ अर्ब ऋण सहायताको लागि पहल भइरहेको जानकारी दिए।

सल्यानको सल्लीबजार पुगेका मन्त्री पुनले भेरी करिडोरअन्तर्गतका फाँटहरूमा अब खानेपानी र सिँचाइको समसया नहुने पनि बताए। ‘भेरी करिडोरको फाँटहरूमा अब खानेपानी र सिँचाइको समस्या हुँदैन्,’ उनले भने  ‘लिफ्ट, एकीकृत सिँचाइको योजना बनाएर भेरी किनारका फाँटहरूमा सिँचाइ र खानेपानीको समस्या हल सरकारले गर्छ।’

अब भेरी करिडोरमा विकासले तीव्रता लिने मन्त्री पुनको भनाई छ। साथै भेरी करीडोर हुँदै डोल्पा देखी चीन सम्म सडक  पुर्याउन सरकार लागिरहेको पनले बताए । पहाडका बस्तिहरुमा पनि विकासको सम्भावना बढदै गएकाले अब बसाइँसराइ गरेर तराई झर्ने समस्या अन्त्य हुने मन्त्री पुनको भनाइ छ। उनले समृद्ध नेपाल सुखी नेपाली बनाउन सरकारले योजना अगाडि बढाएको बताए।

सल्ली बजारमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, मुख्यमन्त्री राजनीति सल्लाहकार भीमप्रकाश शर्मा, नेपाल सल्यान जिल्ला पार्टी सचीव कर्ण बहादुर बुढाथोकी, नेता रमेश मल्ल तथा स्थानीय सरकारका प्रतिनिधिले स्वागत गरेका थिए।

यसैबीच, नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिविएम) मार्फत निर्माण सम्पन्न गरिएको राष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङमार्गको  मन्त्री पुनले बुधबार अनुगमन गरेका छन्।

१२.२ किलोमिटर लामो सुरुङमार्ग उनले ‘मोनोरोल’मार्फत अनुगमन गरेका हुन्। भेरीगंगा नगरपालिकाको हात्तीखालबाट मोनोरेल चढेर मन्त्री पुन एकघण्टा पछि चिप्ले पुगेका थिए। हात्तीखाल सुरुङमार्गको निकास हो भने, चिप्ले प्रवेशद्वार हो। सुरुङमार्गको बैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ब्रेक–थ्रू’ गरेका थिए।

हात्तीखालबाट मोनोरेल चढेर चिप्ले आएका मन्त्री पुनले राष्ट्रिय गौरवको आयोजना भएकाले निर्धारित समयमा नै आयोजना सम्पन्न गर्न निर्देशनसमेत दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.