|

काठमाडौं : मदन पुरस्कार विजेता कृतिकी लेखिका झमक घिमिरेको जीवनीमा आधारित चलचित्र 'जीवन काँडा कि फूल' शुक्रबारदेखि देशभर प्रदर्शन हुँदैछ। झमक घिमिरेका रूपमा यस चलचित्रमा भूमिका निर्वाह गरेकी छिन् रोजिता बुद्धाचार्यले।

तीन वर्ष अघि निर्माण भएको फिल्म प्रदर्शनको क्रममा छ। यो कुराले रोजिता न उत्साहित छन् न त उनको मनमा डर नै छ। भन्छिन्, ‘समयसँगै आफूमा आएको परिपक्‍वता र झमक दिदीको संगतले जीवनमा हरेक विषययमा 'कुल' हुन सिकाएको छ।‘

नाटकमा अभिनय गर्दा गर्दै उनी यो चलचित्रमा आबद्ध भएकी हुन्। नाटकमा काम गर्ने क्रममा एकदिन उनलाई नाट्यकर्मी विमल सुवेदीमार्फत् 'जीवन काँडाकी फूल'मा अभिनय गर्न अफर आएको थियो।

जीवनमा झमक घिमिरेलाई उनले पुस्तकमा मात्र पढेकी थिइन्। तर उनकै जीवनीमा आधारित फिल्म खेल्नुपर्छ भन्‍ने सोचेकी थिइनन्। 

आकस्मिकताको जोड घटाउ जीवनको यात्रामा लागेकी रोजिता भन्छिन्, ‘सुरूमा मलाई यस चलचित्रको 'अफर' आउँदा सक्छु भन्‍ने आँट आएको थिएन तर मेरो क्षमता विमल दाइले चिनिदिनु भयो।‘

उनलाई लाग्थ्यो, जीवित मान्छेको जीवनीमा आधारित भएर अभिनय गर्नु फलामको चिउरा चपाउनु जस्तै हो। कहिलेकाहीँ नसोचेको कुराले जिन्दगीमा 'युटर्न' मार्छ।

 उनी भन्छिन्, ‘अहिले लाग्छ, मैले दोस्रो जिन्दगी बाँचिराछु।‘

यो फिल्म फरक क्षमता भएकी महिलाको भन्दा पनि मोटिभेस्‍नल महिलाको कथामा आधारित हो भन्‍ने रोजिताको बुझाई छ। अहिलेको पुस्ता चाहेको कुरा नपाउँदा डिप्रेस हुन्छ। पाउने सपना देख्दा गर्नुपर्ने संघर्षबाट भाग्छ। झमकले केही  पाउनलाई संघर्ष गर्नपर्छ भन्‍ने सिकाएकी छिन्।

अहिले त फरक क्षमता भएका व्यक्तीलाई गर्ने व्यवहार सम्मानजनक छैन भने आज भन्दा चालिस वर्ष नेपाली समाजमा फरक क्षमता भएकी झमक जस्ता धेरै व्यक्तीले समाजबाट कस्तो खालको व्यवहार भोगे होलान? तिनै अफ्ट्यारा र कठोर गल्लीबाट जीवनको आरम्भ गरेकी झमकको उपलब्धी हरेक पुस्ताको लागि उत्प्रेरित गर्ने आधार हुन्।

अभिनयका क्रममा रोजिताले झमकसँग संगत गर्ने अवसर पाइन्। यो फिल्म झमककै घरमा सुटिङ गरिएको थियो। हरेक पटक अभिनय गर्दा झमकको आड भरोसले नै आफंले सकेसम्म न्याय गरेको रोजिता बताउँछिन्।

आखिर फिल्म कस्तो छ? रोजिता भन्छिन्,'झमक दिदिको जीवन फूलै फूलको पनि होइन। र काँडै काडाँ पनि होइन भन्ने देखाउन खोजिएको छ।' 

यसको तामत्पर्य हो झमककको जीवनको पीडादायी क्षण, त्यस क्षणले निम्तयाएकमो कठिनाई, उक्त कठिनाईबाट पार लगाउन गरेको संघर्ष र संघर्षबाट पाएको उपलब्धि फिल्ममा देखाउन खोजिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.