|

काठमाडौं : पछिल्ला खराब प्रदर्शनले आजित बन्दै आएको रियलले नयाँ स्टार पाएको आभाष भएको छ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल म्याड्रिडले गालातासारेमाथि आधा दर्जन गोल गर्दै आफ्नो रवाफिलो विगतको सम्झाना गरायो। रियलको जितमा १८ वर्षका ब्राजिलियन खेलाडीले रोड्रिगो नायक सावित भए। उनले ह्याट्रिक पुरा गरेका थिए।

समूह ए अन्तर्गत घरेलु मैदानमा भएको खेलमा रियलका लागि लागि रोड्रिगोले तीन गोल गर्दा सर्जियो रामोसले एक तथा करिम बेन्जिमाले दुई गोल संभव बनाए। पहिलो हाफमा चार गोल गरेको रियलले दोस्रो हाफमा दुई गोल थपेको थियो। खेल सुरु भएको सात मिनेट भित्रै रोड्रिगोले दुई गोल गर्दै रियललाई प्रभावसाली सूरुवात दिलाए।  १४ औँ मिनेटमा पाएको पेनाल्टीमा रामोसले गोल गरे भने ४५ औँ मिनेटमा बेन्जिमाले गोल गरेपछि पहिलो हाफमा रियलले ४–० को एकपछिए अग्रता बनायो। ८१ औँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा इन्जुरी समयको दोस्रो मिनेटमा रोड्रिगोले ह्याट्रिक पूरा गरेका थिए।

रोड्रिगो च्याम्पियन्स लिग फुटबलमा कम उमेरमा  ह्याट्रिक गर्ने खेलाडीको सूचिमा दोस्रो नम्बरमा परेका छन् । उनी भन्दा अघि लेजेण्ड राउल मात्रै रहेका छन्। रोड्रिगोलाई ब्राजिलमा नयाँ नेमारका रुपमा हेर्ने गरिएको छ। रोड्रिगोले ब्राजिलियन क्लबबाट स्पेनको यात्रा तय गरेका छन्।  उनी सान्तोस क्लबबाट रियल आएका हुन्। उनको पनि नेमार समान पाँच फिट ९ इन्च उचाइ रहेको छ। रोड्रिगोको ह्याट्रिकमा जित निकालेको रियललले चार खेलबाट सात अंकसहित समूहको दोस्रो स्थानमा आफुलाई पुर्याएको छ। उक्त समुहमा पिएसजी शिर्ष स्थानमा छ।  

क्लब ब्रुगलाई १–० ले पराजित गर्दे पेरिस सेन्ट–जर्मेन (पिएसजी) अपराजित रहँदै १२ अंकका साथमा शीर्ष स्थानमा छ। पिएसजीलाई बुधबारपनि सहज जित दिलाउन माउरो इकार्डीले २१ औँ मिनेटमा निर्णायक अग्रता दिलाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.