|

गुल्मी : जिल्लाको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले  हरिबोधनी एकादशीको दिन कार्तिक २२ गते सार्वजनिक विदा दिने भएका छन्।

हरिबोधनी एकादशीको दिन धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुंगामा भैलो प्रतियोगिता पनि आयोजना गरिएकाले रेसुंगाको महत्वलाई उजागर गर्नका लागि नगरपालिकाले सार्वजनिक विदा दिएको रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए। 

रेसुंगामा एकदशीको दिन मेला लाग्ने भएकाले पर्यटन वर्षलाई मध्यनजर राख्दै प्रचार प्रसारको माध्यमबाट अगाडि बढाउन विदा दिइएको नगरपालिका र गाउँपालिकाले जनाएको छ।  रेसुंगामा रहेको पोखरीमा स्नान गर्नाले पापहरु नष्ट हुने र रेसुंगाको मन्दिरमा गई पूजा गर्नाले मनले चिताएका सबै पुरा हुने धार्मिक बिश्वास रहदै आएको रेसुंगा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.