|
Photo : www.newsday.com and www.zimbio.com

स्पेनिस कोपा डेल रे मा रियल म्याड्रिड सेभिल्लासँग बराबरीमा रोकिएको छ।

सेभिल्लासँगको संघर्षपूर्ण बराबरी गरेसँगै रियल म्याड्रिडले लगातार ४० खेलमा अपराजित रहेको रेकर्ड कायम गरेको छ। यसअघि बार्सिलोनाका नाममा सबैभन्दा धेरै खेलमा अपराजित रहेको रेकर्ड थियो। बार्सिलोना लगातार ३९ खेलमा अपराजित रहेको थियो।

गएराति भएको खेलमा ९० मिनेटसम्म ३-२ ले पछि परेको रियललाई करिम बेन्जिमाले खेलको अतिरिक्त समय ९३ औं मिनेटमा गरेको गोलले रियललाई हारबाट जोगाएको हो।

प्रतिस्प्रधात्मक खेलको १० औं मिनेटमा डानिलो लुइजले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए। ४८ औं मिनेटमा रियलका मार्को आसिन्सोले गोल फर्काए र पहिलो हाफ बराबरीमा सकियो।

खेलको ५३ औं मिनेटमा सेभिल्लाले स्टेभन जोभटिकको गोलसँगै अग्रता लियो। ७७ औं मिनेटमा सेभिल्लाका भिसेन्ट इब्रोले गोल गरेर रियललाई ३-१ ले पछि पारे।

रियलका सर्जियो रामोसले ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल ३-२ को अन्तरमा ल्याए। खेलको अतिरिक्त समयमा करिमले गोल गर्दै खेललाई बराबरीमा टुंग्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.