राजनीति

बैतडीमा भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाइयो
SHARES

कात्तिक २१, २०७६

    बैतडी : बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ।  भारतले हालै सार्वजनिक गरिएको नक्सामा नेपाली भूमि राखिएको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाइएको हो। 

    कलाकार भानुभक्त जोशीको नेतृत्वमा पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले हाटमा रहेको राताशिला चिहानघाटमा मोतीको पुतला दहन गरेको त्यहाँबाट राजेश धामीले जानकारी दिए। ‘भारतीय विस्तारवाद मूर्दावाद, नरेन्द्र मोदी मूर्दावाद’ को नारा लगाउँदै उनीहरूले पुतला दहन गरेका थिए। भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको छ।  भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने माग रहेको छ।

    भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरूले नेपालको भूभाग भारतीय नक्साबाट हटाउनसमेत माग गरेका छन्।  भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेपछि देशका अधिकांश स्थानमा विरोध प्रदर्शन भइरहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]