निराश भएर फर्किए जनकपुर

|

पोखरा : कास्की २ को प्रतिनिधि सभाका लागि धमाधम उम्मेद्वारी मनोनयन भइरहेकोबेला एकजना उमेद्वारका आकांक्षी भने समर्थक र प्रस्तावक नपाएपछि फर्किएका छन्। 

जनकपुर उपमहानगरपालिका–१४ का डा. कृष्णचन्द्र प्रसाद शाहले निर्वाचन लड्न समर्थक र प्रस्तावक नपाएपछि मनोनयन नै गर्न सकेन्। उनले समर्थक र पस्तावक नपाएपछि चुनाव नलड्ने घोषणा पनि गरे । 

‘नभेटेको पनि होइन, भेटेकोहरुले केही शर्तसहित आउनुभयो,’ उनले भने, ‘म त स्वतन्त्र मान्छे, सर्त स्वीकार्ने कुरै भएन। उम्मेद्वारी दिन आएको कामै भएन। अब जनकपुर फर्कन्छु ।’ 

निर्वाचन आयोग ऐन अनुसार बाहिरी जिल्लाका व्यक्ति उमेद्वार बन्न पाउने भए पनि समर्थक र प्रस्तावक स्थानीय नै चाहिन्छ । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.