६ जिल्लामा प्रदेश लेखा नियन्त्रण कार्यालय इकाइ खुल्ने

|

विराटनगर : प्रदेश १ सरकारले छिन्ताङ घटनाका शहिद परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।

२०३६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको नेतृत्वमा भएको हत्याकाण्डमा मारिएका १६ जनाको परिवारलाई राहत दिने प्रदेश सरकारले निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए। 

यस्तै मन्त्रिपरिषद्को बैठकले मोरङ, झापा, पाँचथर, धनकुटा, ओखलढुंगा र उदयपुरमा प्रदेश लेखा नियन्त्रण कार्यालयअन्तर्गत रहने गरी प्रदेश लेखा इकाइ स्थापना पर्ने निर्णय गरेको छ।

यस्तै धरानमा स्थापित वन निर्देशनालयमा दशौं तहका रवीन्द्र महर्जनलाई कायममुकायम जिम्मेवारी दिने, प्रदेश यातायात निर्देशनालय गठन नभइसकेकोले मन्त्रालयले नै सो काम गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। 

बैठकले कार्तिक २९ गते अन्तर्राष्ट्रिय चलचित्र महोत्सव धरानमा आयोजना गर्ने, प्रदेश योजना आयोग गठन तथा कार्य संचालन) आदेश २०७५ को अनुसूची–२ थप गर्ने, प्रदेश समपुरक अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्ने, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन संशोधन गर्ने र सामाजिक विकास मन्त्रालय योजना तथा कार्यक्रम (संचालन) कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ। 

मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रदेश प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङलाई धन्यवाद दिने निर्णय पनि गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.