कांग्रेस बाँदर जस्तै भयो, सधैँ प्रतिपक्षमै रहन्छ

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले आगामी ३ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने बताएका छन्। 

भक्तपुरको प्रदेशसभा उपनिर्वाचनका लागि नेकपा उम्मेदवार डिपी ढकालको उम्मेदवारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै गौतमले प्रतिव्यक्ति आय ३ वर्षभित्र चार गुणा बढाउने दाबी गरेका हुन्। 

'हाल नेपालीको प्रति व्यक्ति आय वार्षिक १२ सय डलर छ । प्रतिव्यक्ति आय बढाउन उत्पादन क्षेत्रमा धेरै ठूला काम शुरु हुन्छ', उनले भने, 'अब प्रत्येक महिना सरकारले नयाँ नयाँ काम गरेर देखाउने भन्दै उनले विकास निर्माणका काम अब परिणाम देखिने गरि शुरु भएको छ।'

संविधान निर्माणमै २ वर्ष बितेको बताउँदै अब काम देखिने गरी सरकार अघि बढ्ने उनले बताए। ‘बितेका २ वर्ष कानुन नियम निर्माण र सम्बृद्धिको जग बसाउने काममा खर्चियौं । अब प्रत्येक महिना जनतालाई यति काम भयो भनेर परिणाम देखाउने गरी अघि बढ्छौं', उनले भने,  'समृद्ध नेपाल,सुखी नेपालीको सपना साकार पारेर छाड्छौं। अबको तीन वर्ष विकास र सम्बृद्धिको वर्ष हुनेछ।'

नेकपा नेता गौतमले प्रमुख विपक्षी नेपाली कांग्रेसले कानुन निर्माणका क्रममा पाइला पाइलामा अवरोध गरेको बताए। उनले विकास तथा समृद्धिको अभियानमा पनि रचनात्मक विपक्षी हुन नसकेको आरोप उनले कांग्रेसलाई लगाए । उनले कांग्रेसका क्रियाकलापले ऊ सधैंभरि प्रतिपक्षमै रहने बताए।

‘बाँदरले आफू बस्ने घर बनाउँदैन, अरुको पनि भत्काउँछ । कांगेसको चरित्र यसपाली त्यस्तै देखियो', उनले भने, 'सरकारका हरेक काममा अवरोध गरेको छ । सधैंभरि प्रतिपक्षमा बसिरहने क्रियापकलाप उसका छन् । कांग्रेस रचनात्मक विपक्षी हुन सकेन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.