|

काठमाडौं : मेरिलेबोन क्रिकेट क्लब एमसीसीले नेपालविरुद्धको तीन दिवसीय क्रिकेटमा ३ सय २ रनको फराकिलो अग्रता बनाएको छ। 
कीर्तिपुर क्रिकेट मैदानमा आज नेपाललाई सस्तैमा समेट्दै दोस्रो इनिङ्स थालेको एमसीसीले २१ ओभरमा २ विकेट गुमाएर ९१ रन जोडेको छ। 

एमसीसीका विल रोड्सले ३०, बिली गोडलम्यान, ३९ रनमा आउट हुँदा टम वेस्ट्ली १७ रनमा अविजित रहेका छन्। एमसीसीले पहिलो इनिङ्समा १ सय १ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ६४ रन बनाएको थियो। 

पहिलो दिन ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन जोडेको एमसीसीले दोस्रो दिन बिहिबार ५३ रन जोड्दा बाँकि ४ विकेट गुमाएको थियो। 

नेपालका सन्दीप लामिछाने र करण केसीले ३-३ विकेट लिए। यस्तै सोमपाल कामी र शरद भेषवाकरले २-२ विकेट लिए। 

नेपाल पहिलो इनिङमा ४४ ओभर ४ बलमा १५३ रन जोड्दा अलआउट भयो। नेपालका कप्तान ज्ञानेन्द्र मल्ल सुन्य रनमा आउट हुँदा राजु रिजालले ८ रन जोडे। यस्तै शरद भेषवाकर ४ रनमा आउट भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.