|
फाइल तस्विर

काठमाडौं : सरकारले सबै विज्ञापन एजेन्सीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन कडा निर्देशन दिएको छ।

सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सबै विज्ञापन एजेन्सीलाई सचेत गराएकी हुन्। सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था बाध्यकारी भएको उल्लेख गर्दै उनले त्यसमा आवद्ध नहुने विज्ञापन एजेन्सीलाई सरकारी विज्ञापनसमेत नदिने निर्णय गरिएको पनि स्पष्ट पारिन्।

बिहीबार काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा कोष अभिमुखीकरण’ कार्यक्रममा बोल्दै प्रवक्ता भट्टराईले सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका कुनै पनि संस्थाको नवीकरण नगर्ने तथा उनीहरूलाई सरकारबाट हुने कुनै पनि सेवा र सुविधासमेत नदिने तयारी गरिएको पनि बताइन्।

‘सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका कुनै पनि विज्ञापन एजेन्सीलाई सरकारी विज्ञापन समेत नदिने बाध्यकारी व्यवस्था गरिएको छ,’ प्रवक्ता भट्टराईले भनिन्, ‘यसमा आवद्ध नहुने कुनै पनि संस्थाको नवीकरण र ‘ट्याक्स क्लियरेन्स’ लगायतका कामसमेत नगर्ने तयारी पनि सरकारले गरेको छ।’

उनले सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका संस्थालाई काम गर्न अनुमति दिन नसकिनेतर्फ पनि सचेत गराइन्। कोषले रकम अभावमा परेका संस्थालाई भने सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सहजता प्रदान गर्ने पनि जनाएको छ।

कोषकी प्रवक्ता भट्टराईले संस्थाको आम्दानीलाई हेरेर सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था पनि गरिएको बताइन्। कार्यक्रममा बोल्दै नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजालले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि सबै विज्ञापन एजेन्सीको ध्यानाकर्षण गराएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.