|

विराटनगर : सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी अवैध रूपमा लागुऔषध ल्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका १५ भन्सार कार्यालयको १ नं. ढाटबाट लागुऔषधसहित सरकारी मोटरसाइकलमा लागुऔषध ल्याउने सप्तरीको राजविराज २ राजदेब टोलका  २६ वर्षीय कपिल यादवलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका यादवले स १ ब १४१० नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी लागुऔषध ल्याउने क्रममा लागुऔषध नियन्त्रण व्यूरो विराटनगरको विशेष टोलीले पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। यादवले लागुऔषध ल्याउन प्रयोग गरिएको मोटसाइकल डिभिजन वन कार्यालय उदयपुरको रहेको बुझिएको छ। कपिलका बावु सत्यनारयण यादव डिभिजन वन कार्यालय उदयपुरका अधिकृत हुन्। 

बाबुले प्रयोग गर्ने सकारी नम्बर प्लेटको ‘हिरो’ कम्पनीको मोटसाइकल लिएर आइतबार कपिल जोगवनी आएका थिए। लागुऔषध लिएर गन्तब्यतर्फ फर्किने क्रममा प्रहरीले चेकजाँचको क्रममा यादवलाई पक्राउ गरेको हो।

‘शंका लागेर चेकजाँच गर्ने क्रममा सरकारी नम्बर प्लेट भएको मोटरसाइकलमा लागुऔषध भेटिएको हो’ डिएसपी श्रेष्ठले भने, ‘कम्मरमा पेटीसँगै लुकाई-छिपाई ल्याएको लागुऔषध प्रहरीले बरामद गरेको हो।’ 

प्रहरीले उनको साथबाट डाइजेल्याब ८ एम्पुल, एभिल ८ एम्पुल र लुपिजेसिक ८ एम्पुल गरी जम्मा २४ एम्पुल अवैध लागुऔषध बरामद गरेको छ। लागुऔषध ब्यूरो टोलीले यादवलाई पक्राउ गरेपछि आवश्यक कारवाहीको लागि इप्रका रानी विराटनगरमा राखिएको छ।

प्रहरीले उनलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अदालतमा म्यात थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.