५ पूर्व एमाले, ४ पूर्व माओवादीको भागमा

|

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकतालाई अन्तिम रुप दिएको छ। नौं वटा स्थानीय तह रहेको सुर्खेत जिल्लामा पूर्व एमालेको भागमा ५ स्थानीय तह र पूर्व माओवादीको भागमा चार स्थानीय तह भाग परेको छ। 

पूर्व एमालेको भागमा पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकबेसी नगरपालिका, सिम्ता गाउँपालिका र बराहताल गाउँपालिका गरी ३ नगरपालिका र २ गाउँपालिका भाग परेको छ। यस्तै पूर्व माओवादीको भागमा वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, चौकुने गाउँपालिका र चिङगाड गाउँपालिका भाग परेको छ । नेकपाको सुर्खेत जिल्लाको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । जिल्ला कमिटी बैठकमा प्रस्ताव लिनको लागि सचिवालयले निर्णय गरेको जिल्लाका एक नेताले बताए । 

ती नेताका अनुसार वीरेन्द्रनगर नगरपालिकाको अध्यक्षमा गंगराम तिमिल्सेना र सचिवमा गणेश वली,भेरीगंगा नगरपालिकामा नरेन्द्र कार्की अध्यक्ष र सचिवमा टिकाराम सुवेदी, गुर्भाकोट नगरपालिकामा देव बहादुर खत्री अध्यक्ष र मोती विक सचिव, पञ्चपुरी नगरपालिकामा मन बहादुर विक अध्यक्ष र केशबहादुर शाही सचिव, लेकबेसी नगरपालिकामा टिकारम सोमई अध्यक्ष र मदन गाहा सचिव चयन गरिएको छ। 

यसैगरी सिम्ता गाउँ पालिकामा कविन्द्र केसी अध्यक्ष र सचिवमा झुपबहादुर बुढा आश्निल, बराहताल गाउँपालिकामा ओम बहादुर महतरा अध्यक्ष र सचिवमा बल बहादुर कठायत, चौकुने गाउँपालिकामा गंगराम विक अध्यक्ष र हरी अधिकारी सचिव तथा चिङगाड गाउँपालिकामा सम्मर बिक अध्यक्ष र हर्कबहादुर राना सचिव चयन भएका छन्। 

कर्णालीका सबै जिल्लामा स्थानीय तहसम्मका कमिटीसम्म एकता भए पनि सुर्खेतमा हुन सकेको थिएन। जिल्ला सचिवालयको बैठकले स्थानीय स्तरका अध्यक्ष र सचिवको टुंगो लगाएको हो। यसलाई जिल्ला कमिटि बैठकबाट अनुमोदन गराउने एक नेताले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.