|

रसुवा : नौकुण्ड गाउँपालिका–५ भोर्लेका बर्डफ्लु पीडित किसानले पाँच महिनापछि राहात पाएका छन्। 

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले पाँच महिनापछि बर्डफ्लु पीडित किसानलाई राहात वितरण गरेको हो। बुधबार भोर्लेमा एक कार्यक्रम गरी वडाध्यक्ष घोन्टे ग्यामदानले १२ जना पीडित किसानलाई राहात बापतको चेक हस्तान्तरण गरेका हुन्। 

१२ जना पीडित किसानलाई चार लाख सात हजार ५५० रुपैयाँ क्षतिपूर्ती बापत राहात रकम नेपाल बैंकको चेकमार्फत प्रदान गरिएको वडाध्यक्ष ग्यामदानले जानकारी दिए। पीडित नानीमाया मोक्तानलाई एक हजार ८००, रामकुमारी थिङलाई पाँच हजार ४००, लालमाया थिङ तामाङलाई चार हजार ५००, बुद्धिमान थिङ तामाङलाई ९००, मंगले थिङ तामाङलाई ९००, कान्छीमाया स्याङतानलाई चार हजार ५०० र सोम ग्याल पि तामाङलाई एक लाख ५४ हजार १२५ रुपैयाँ प्रदान गरिएको छ।

यस्तै, रामबहादुर थिङलाई ९००, बमिमाया मोक्तानलाई चार हजार ५०, शैलेश थिङलाई २२ हजार ६५०,  बमिना ग्लानलाई एक हजार ८००, शेषमान तामाङलाई पाँच हजार ४००, म्लाङदुङ गलानलाई एक हजार ८०० र रामकुमार मोक्तानलाई एक लाख ९८ हजार ८२५ रुपैयाँ क्षतिपूर्ति बापतको रकम प्रदान गरिएको छ। 

नष्ट गरिएको प्रति कुखुराको ४०० रुपैयाँको दरले वितरण गरिएको वडाध्यक्ष ग्यामदानले जानकारी दिए। गत असारमा भोर्लेमा बर्डप्mलु भेटिएपछि ६८१ वटा कुखुरा मारिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.