|
Photo : varat7v2.blogspot.com

  • बिदुर कटुवाल

उदयपुर : उदयपुर सिमेन्ट उद्योगको उत्पादनमा सुधार आएको छ। उत्पादन सुरु गरेको १८ बर्षपछि क्षमतामा सुधार गर्दै प्रतिदिन ६ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्न थालेको छ।

‘उदयपुर सिमेन्ट उद्योगको उत्पादन क्षमता दैनिक ८ सय ४० मेट्रिक टन हो’ उद्योगका महाप्रबन्धक सुरेन्द्रप्रसाद पौडलले भने, ‘२०५५ साल यता ६ सय मेट्रिक भन्दा बढी उत्पादन गर्न सकेको थिएन अब गर्न थालेको छ।'

प्रथम चौमासिकमा क्षमताको ५१ प्रतिशत उत्पादन गर्न सफल भएको उद्योगका महाप्रबन्धक पौडेलले बताए। उनका अनुसार क्षमताको ३० प्रतिशत उत्पादन गर्दै आएको उद्योगले कात्तिक र मंसिर महिनामा प्रतिमहिना १० हजार मेट्रिक टन उत्पादन गरेको छ। उद्योगले सिमेन्ट उत्पादन गर्ने मुख्य मेसिन (गियर) मा बारम्बार समस्या अहिले समाधान गरिएकोले उत्पादनमा वृद्धि भएको जनाएको छ।

भारतबाट २ करोडमा नयाँ मेसिन ल्याई जडान गरेपछि उद्योगको समस्या समाधान भएको महाप्रबन्धक पौडलले बताए। ‘राम्रो सम्भवावना बोकेको सरकारी उद्योगलाई सरकारले निजीकरण गर्ने हल्ला बेकार हो।’ थाहाखबरको कुराकानीमा पौडेलले भने, ‘विस्तारै व्यवस्थापन पक्ष बलियो बनाउने हो भने उदयपुर सिमेन्टले प्रगति गर्दै जानेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.