|

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले पाकिस्तान सुपर लिग (पिएसएल) मा नेपालका पाँच खेलाडी ड्राफ्टमा राख्न आइसिसीसँग प्रस्ताव गरेको छ।

आइसिसीसमक्ष क्यानले पाँच नेपाली खेलाडीलाई पिएसएलको ड्राफ्टमा राख्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। क्यानले प्रस्ताव गरेका पाँच खेलाडीमा करण केसी, पवन सर्राफ, ललित नारायण राजवंशी, आरिफ शेख र विनोद भण्डारीको नाम प्रस्ताव गरिएको हो।

आइसिसीले अब क्यानले प्रस्ताव गरेको पाँच खेलाडीलाई आईसीसीमार्फत पिसिबीलाई आग्रह गरिने क्यानले जनाएको छ। क्यान महासचिव अशोकनाथ प्याकुरेलले सन् २०२० को पीएसएलका लागि नेपाली खेलाडीलाई समेत ड्राफ्टमा राख्न आइसिसीमार्फत प्रस्ताव अघि बढाइएको जानकारी दिए। पिएसएलको ड्राफ्टबाट कुनै खेलाडी छनोट भएमा नेपाली खेलाडीलाई अवसर मिल्ने उनको बुझाइ छ। क्यानले पछिल्लो समय बढीभन्दा बढी खेलाडीलाई

अन्तर्राष्ट्रिय एक्सपोजको अवसर दिएको छ। नेपालका पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछाने अहिले दुईबमा टी–१० फ्रेन्चाईज लिग खेल्ने तयारीमा रहेका छन्। क्यानले अन्य खेलाडीलाई समेत फ्रेन्चाइज लिगका लागिबाहिर सहजीकरण गर्ने प्रयास अघि बढाएको छ। पिएसएलको पाँचौँ सिजन अब सन् २०२० मा हुनेछ। पिसिबीले फेब्रुअरी २० देखि मार्च २२ सम्म पाँचौँ संस्करणको पिएसएल सञ्चालन गर्ने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.