|

पारस खड्काले राजीनामा दिएपछि मध्य कात्तिकदेखि ज्ञानेन्द्र मल्लले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी सम्हालेका छन्। ३० वर्षीय ज्ञानेन्द्र नेपाली क्रिकेट समर्थकका लागि आशा अनि भरोसाका केन्द्र हुन्। उनले थुप्रै पटक नेपाललाई हारबाट जोगाएका छन्।

ज्ञानेन्द्रले कप्तानीको जिम्मेवारी सम्हाल्नासाथ नेपाली टोलीले इङ्ल्यान्डको पुरानो क्रिकेट क्लब एमसीसीसँग एक दिवसीयमा पाँच विकेटको जित हात पार्‍यो।

एक दिवसीयलगत्तै नेपालले त्यही टिमसँग प्रथम श्रेणी क्रिकेटमा सहभागिता जनायो। नेपालले १४ वर्षपछि प्रथम श्रेणी क्रिकेट खेलेको हो। नवनियुक्त कप्तान ज्ञानेन्द्रले नेपाली राष्ट्रिय टिममा डेब्यु गरेको १३ वर्ष भयो। 

विश्वकप खेलेका ज्ञानेन्द्र

३१ भदौ २०४७ मा जन्मिएका ज्ञानेन्द्रले सन् २००५ मा यु-१५ बाट नेपाली टिममा स्थान बनाएका थिए। सन् २००६ मा यु-१९ टिमको सदस्य रहेका उनले टी-२० मा भने सन् २००९ मा डेब्यु गरेका हुन्। 

सानो छँदा उनले क्रिकेट खेलेको परिवार र आफन्त कसैले मन पराएनन्। चोकमा क्रिकेट खेल्दा दिनहुँ गाली खान्थे उनी। पछि आफूभन्दा ठूलो उमेरकासँग खेल्न टोल-टोलमा जान थालेका ज्ञानेन्द्रले क्रिकेटमा निकै संघर्ष गरेका छन्।

सन् २०१४ मा नेपालले टी-२० विश्वकपमा सहभागिता जनाउँदा ज्ञानेन्द्रले उत्कृष्ट प्रदर्शन गरेका थिए। उक्त टी-२० विश्वकपमा हङकङ र अफगानिस्तानलाई पराजित गरेको नेपालले बंगलादेशलाई आच्छु आच्छु पारेर पनि पराजित भएको थियो। 

त्यसबेलाका उपकप्तान ज्ञानेन्द्रले हङकङविरुद्धको जितमा ४८ रन बनाएका थिए। ‘टी-२० विश्वकपमा अझै राम्रो गर्न पाएको भए हुन्थ्यो भन्ने लागिरहन्छ, तर ठीकै छ, हामीले राम्रै खेल्यौँ,’ उनले नेपाल फर्किएपछि भनेका थिए।

दुवै हातले बल फ्याक्ने कला

सन् २०१८ अगस्टमा नेदरल्याण्ड्सविरुद्ध उनले वान-डे मा डेब्यु गरे। दायाँ हाते ब्याट्सम्यान उनी आवश्यक पर्दा टिमका लागि विकेटकिपिङ पनि गर्छन्। 

अन्तर्राष्ट्रिय क्रिकेटमा सतक बनाउने उनी सातौँ नेपाली ब्याट्म्यान हुन्। उनीसँग अचम्मको कला छ। दायाँ हातले अफ ब्रेक बलिङ गर्ने उनी विपक्षी टिमका ब्याट्सम्यानलाई अप्ठ्यारोमा पार्न कहिलेकाहीँ देब्रे हातले पनि बल फ्याँक्छन्।

क्रिकेट खेल्दा गाली

काठमाडौँको भीमसेनस्थानमा जन्मे-हुर्केका ज्ञानेन्द्र सानोमा फुटबल खेल्थे। क्रिकेट आक्कलझुक्कल मात्र देखेका उनले ब्याट-बल समात्ने मौका पाएका थिएनन्। सुदीप नाम गरेका साथीले ज्ञानेन्द्रलाई क्रिकेट सिकाए। त्यसबेला प्लाई काटेर कामचलाउ ब्याट बनाएर रबर बलले खेल्ने गरेको उनी अन्तरवार्ताहरुमा सुनाउँछन्।

‘टिममा कसरी आउँछु भन्ने नै थाहा थिएन, टिममा आएँ, देशका लागि खेल्न पाएँ, त्यसैमा रमाएँ,’ उनले भनेका छन्, ‘पछि उपकप्तान भएँ, टिमका लागि राम्रो गर्नु थियो, पारससँग खशी थियौँ।’ 

सानो छँदा उनले क्रिकेट खेलेको परिवार र आफन्त कसैले मन पराएनन्। चोकमा क्रिकेट खेल्दा दिनहुँ गाली खान्थे उनी। पछि आफूभन्दा ठूलो उमेरकासँग खेल्न टोल-टोलमा जान थालेका ज्ञानेन्द्रले क्रिकेटमा निकै संघर्ष गरेका छन्।

पुरस्कारको मोटरसाइकल बेचेको क्षण

एकपटक ज्ञानेन्द्रको परिवारले निकै आर्थिक सास्ती बेहोर्‍यो। घर बेचेर उनको परिवार वर्षौंसम्म डेरामा बस्यो। क्रिकेटमा राम्रो प्रदर्शन गर्दा सरकारले उपलब्ध गराएको मोटरसाइकल पनि उनले आर्थिक सास्तीकै कारण बेचेका छन्। परिवारको आर्थिक अवस्था नउक्सिएपछि एकसमय उनले क्रिकेट छाड्ने निर्णय नै गरिसकेका थिए।

क्रिकेट छाडेर विदेश जाने तयारी

ज्ञानेन्द्रले प्रेम विवाह गरेका हुन्। परिवारको आर्थिक अवस्था नसुध्रिएपछि उनी क्रिकेट छोडेर विदेश जाने तयारीमा थिए। परिवारसँग सल्लाह गरेर उनले अस्ट्रेलियाका लागि अप्लाइ पनि गरे। श्रीमतीले स्टुडेन्ट भिसामा आवेदन दिइन्, ज्ञानेन्द्रले डिपेन्डेन्टमा। त्यही बेला पुबुदु दसादायके नेपाली क्रिकेट टिमको प्रशिक्षक भएर आए। ज्ञानेन्द्रले पुवुदुसँग पनि आफू विदेश जान लागेको सुनाए।

श्रीमतीले स्टुडेन्ट भिसामा आवेदन दिइन्, ज्ञानेन्द्रले डिपेन्डेन्टमा। त्यही बेला पुबुदु दसादायके नेपाली क्रिकेट टिको प्रशिक्षक भएर आए। ज्ञानेन्द्रले पुवुदुसँग पनि आफू विदेश जान लागेको सुनाए।

तर, उनको भिसा रिजेक्ट भयो। त्यसपछि उनले क्रिकेटमा मात्र ध्यान दिन थाले। ‘हामीले डिभिजन-४ जित्यौँ, ३ जित्यौँ, वर्ल्डकप क्वालिफायरमा पुग्यौँ, एसीसी ट्रफी जित्यौँ, टी-२० विश्वकपमा पुग्यौँ,’ उनी भन्छन्, ‘प्रशिक्षक पुवुदुले पनि खेलाडीका मागका विषयमा बोल्न थाल्नुभयो, हाम्रो हौसला बढाउनुभयो। अहिले क्रिकेटले जिन्दगी राम्रो भएको छ।’

पारस-ज्ञानेन्द्रको जोडी

राजधानीमा ज्ञानेन्द्रले आफ्नै ट्रेनिङ सेन्टर पनि स्थापना गरेका छन्। अहिलेका कप्तान ज्ञानेन्द्र र यसअघिका कप्तान पारस खड्का असाध्यै मिल्ने साथी हुन्। पारस र ज्ञानेन्द्रले नेपाली क्रिकेटलाई बिर्सिनै नसक्ने योगदान दिएका छन्। 

‘पारस त सदाबहार लिडर हो, ऊजस्तो लिडर टिममा हुनु खुशीको कुरा हो,’ कप्तानको जिम्मेवारी पाएपछि ज्ञानेन्द्रले भनेका छन्, ‘पारस मैदानमा हुँदा टिमलाई धेरै सजिलो हुन्छ।’

‘पारस त सदाबहार लिडर हो, ऊजस्तो लिडर टिममा हुनु खुशीको कुरा हो,’ कप्तानको जिम्मेवारी पाएपछि ज्ञानेन्द्रले भनेका छन्, ‘पारस मैदानमा हुँदा टिमलाई धेरै सजिलो हुन्छ।’

गल्लीदेखि देशको कप्तानसम्म

राजधानीका गल्लीहरुमा क्रिकेट सिक्दा नेपाली टिममा आउँछु भन्‍ने सोचेकासम्म थिएनन् ज्ञानेन्द्रले। ‘टिममा कसरी आउँछु भन्ने नै थाहा थिएन, टिममा आएँ, देशका लागि खेल्न पाएँ, त्यसैमा रमाएँ,’ उनले भनेका छन्, ‘पछि उपकप्तान भएँ, टिमका लागि राम्रो गर्नु थियो, पारससँग खुशी थियौँ।’ 

पारसले राजीनामा गरेपछि आफू नै कप्तान हुनुपर्छ भन्ने कहिल्यै नलागेको उनले बताएका छन्। ‘अब मलाई जिम्मेवारी दिइएको छ, मेरो ड्युटी भनेको नेपाललाई जिताउनु नै हुनेछ,’ उनी भन्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.