|

काठमाडौं : भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रूपमा देखाएकोप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। संघले विज्ञप्ति निकाल्दै  भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरू क्षुब्द भएको जनाएको छ। 

दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरू, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुंग्‍याउनुको सट्टा एकपक्षीय ढंगबाट कदम चालिएको भन्दै भर्त्सना गरेको छ। 

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनेमा एनआरएन प्रतिबद्ध भएको छ। संघले अन्तर्राष्ट्रिय सिमाना रक्षाका लागि नेपाल सरकारको साथमा उभिन विदेशमा रहेका सम्पूर्ण नेपालीहरू प्रतिबद्ध रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.